रोड्री बालोन डी'ओरको हकदार : फुएन्टे
बिहिबार, ०३ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। स्पेनिस प्रशिक्षक लुइस डे ला फुएन्टेले सन् २०२४ को बालोन डी'ओर को उपाधि कसले जित्ने भन्नेबारे आफ्नो विचार व्यक्त गरेका छन्।
जुलाई १४ मा ओलम्पिया स्टाडियनमा भएको फाइनलमा स्पेनले इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै कीर्तिमानी चौथोपल्ट युरो कप जितेको थियो।
६३ वर्षीय प्रशिक्षक भने विजेता युरो २०२४ मा प्लेयर अफ द टुर्नामेन्ट घोषित रोड्री बालोन डी'ओरको असली हकदार मान्छन्। 'रोड्रीलाई बालोन डी'ओर अवार्ड दिनुपर्छ। उनी विश्वकै उत्कृष्ट खेलाडी हुन्,' डे ला फुएन्टेले भने।
स्मरण रहोस्, रियल मड्रिडका भिनिसियस जुनियर र जुड बेलिङ्घमका साथै केलियन एमबाप्पे र ह्यारी केन बालोन डी'ओर दौडमा छन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)