अर्को सिजन पनि मोड्रिच रियलमा
बिहिबार, ०३ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। क्रोएसियन मिडफिल्डर लुका मोड्रिचले रियल मड्रिडबाट अर्को सिजन पनि खेल्ने भएका छन्।
मोड्रिचले एक वर्ष सम्झौता नवीकरण गरेका हुन्। योसँगै उनी सन् २०२५ सम्म स्यान्टियो बर्नाबेउमै रहने छन्।
सन् २०१२ मा इङ्लिस प्रिमियर क्लब टोटनहमबाट उनी स्पेनको राजधानी पुगेका थिए। ५३४ खेल खेलेका उने ३९ गोल गरेका छन्।
रियलमा १३औं सिजन बिताउन लागेका उनले ६ च्याम्पियन्स लिग र चार स्पेनिस ला लिगासहित २६ उपाधि जितिसकेका छन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)