अञ्जन र अनन्त, एरिक र दीप चर्च बोइजमा
बुधबार, ०२ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणका लागि चर्च बोइज युनाइटेडले चार खेलाडीलाई अनुबन्ध गरेको छ।
अध्यक्ष रुवेन राईका अनुसार चर्च बोइज क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका अञ्जन विष्ट, अनन्त तामाङ र एरिक विष्टसँगै सम्झौता नवीकरण गरिएको हो। यस्तै, मोफसलका प्रतियोगितामा चर्च बोइजको कप्तानी सम्हालेका दीप कार्कीसँग भने नयाँ सम्झौता गरिएको हो।
चर्च बोइजले दशरथ रंगशालामा प्रारम्भिक चरणमा भुटानको पारो एफसीको सामना गर्दैछ। अगस्ट १३ मा हुने प्रतियोगितामा टोलीको कप्तानी अनन्तले गर्नेछन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)