अर्जेन्टिनी टोलीविरुद्ध फ्रान्सले गर्ने भयो उजुरी

काठमाडौं। फ्रेन्च फुटबल फेडेरेसन (एफएफएफ) ले अर्जेन्टिनाको कोपा अमेरिका विजेता टोलीका सदस्यहरूले रंगभेदी नारा लगाएपछि फिफामा उजुरी गर्ने र कानुनी कारबाही गर्ने योजना बनाएको जनाएको छ।
चेल्सी तथा अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डिजले आइतबार मियामीमा कोलम्बियाविरुद्ध कोपाको जितपछि टिम बसबाट सामाजिक सञ्जालमा लाइभ भिडियो पोस्ट गरेका थिए।
फर्नान्डिजसहित केही खेलाडीले सन् २०२२ को विश्वकप फाइनलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध जित हासिल गरेको दिनको सम्झनामा गीत गाएका छन्। यो गीतमा फ्रान्सका स्टार स्ट्राइकर केलियन एमबाप्पेलाई लक्षित गरिएको छ र यसमा ‘होमोफोबिक’ शब्द समावेश गरिएको छ।
एफएफएफका अध्यक्ष फिलिप डायलोले फ्रान्स टोलीका खेलाडीविरुद्ध गरिएको रंगभेदी र भेदभावपूर्ण व्यवहार अस्वीकार्य रहेको बताएका छन्।
‘खेल र मानव अधिकारको मूल्यमान्यताविपरीत यस्ता स्तब्ध पार्ने टिप्पणीको गम्भीरतालाई सामना गर्दै एफएफएफका अध्यक्षले अर्जेन्टिनी समकक्षी र फिफालाई सीधै चुनौती दिने र जातीय र भेदभावपूर्ण अपमानजनक टिप्पणीका लागि कानुनी उजुरी दर्ता गर्ने निर्णय गरेका छन्,’ एफएफएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
फर्नान्डिजको चेल्सी टोलीका साथी वेस्ली फोफानाले सामाजिक सञ्जालमा भिडियोको आलोचना गरेका छन्। सन् २०१८ को विश्वकपमा अन्तिम १६ फ्रान्ससँग अर्जेन्टिना पराजित भएको थियो।
त्यसयता अर्जेन्टिना र फ्रान्सबीच कडा प्रतिस्पर्धा हुँदै आएको छ। दुई वर्षअघि सामाजिक सञ्जालमा रंगभेदी टिप्पणी गरेको भन्दै फ्रान्सले उजुरी हालेको थियो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)