पुलिसको सानादर जित
सोमबार, ३१ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। विक्रम गौतम एक्लैले ह्याट्रिकसहित चार गोल गरेपछि विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु–१८ युथ लिगमा सानादर जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न पहिलो खेलमा पुलिसले थ्री स्टार क्लबलाई ७–२ गोलअन्तरले पराजित गरेको हो पहिलो हाफमै विक्रमले ह्याट्रिक पूरा गरे। त्यस्तै, सुवास बम र साजनराज गौतम र आदित्य ढुंगेलले एक/ एक गोल थपे।
सनिल स्याङ्तान र अरुण टमाटाले थ्री स्टारका लागि गोल गरेपनि टोली ७–२ ले पराजित हुन पुग्यो। जितसँगै पुलिस शीर्ष स्थानमा उक्लिएको छ। पुलिसको तीन अंक रहेको छ। खुमलटार र एनआरटीको पनि समान तीन अंक छ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)