स्पेनले लियो पुन: अग्रता
आइतबार, ३० असार २०८१खेलपाटी संवाददाता

काठमाडौं । स्पेनले युरो कप फाइनलमा अग्रता लिएको छ।
जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा जारी खेलको पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो। तर, दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै निको विलियम्सले गोल गर्दै स्पेनलाई अग्रता दिलाए थिए। अनमार्क रहेका उनले डी बक्स बाहिरबाट लामिन यमलले दिएको पासमा गोल गरेका हुन्।
तर, त्यो अग्रता स्पेनले जोगाउन सकेन। ७३औं मिनेटमा जुड बेलिङ्घमले दिएको ब्याक पासमा कोल पाल्मरले गोल गर्दै इङ्ल्यान्डलाई खेलमा फर्काए। यद्यपि, स्पेन ८६औं मिनेटमा खेलमा फर्कियो।
काइल वाकरलाई बिट गर्दै मार्क कुकुरेलाले दिएको पासमा रन बनाउँदै माइकल ओयारजाबलले गोल गर्दै स्पेनलाई २-१ को अग्रता दिलाए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)