पाल्मरको गोलसँगै खेलमा फर्कियो इङ्ल्यान्ड
आइतबार, ३० असार २०८१खेलपाटी संवाददाता

काठमाडौं । इङ्ल्यान्डले युरो कप फाइनलमा पुनरागमन गरेको छ।
जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा जारी खेलको पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो। तर, दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै निको विलियम्सले गोल गर्दै स्पेनलाई अग्रता दिलाए थिए। अनमार्क रहेका उनले डी बक्स बाहिरबाट लामिन यमलले दिएको पासमा गोल गरेका हुन्।
तर, त्यो अग्रता स्पेनले जोगाउन सकेन। ७३औं मिनेटमा जुड बेलिङ्घमले दिएको ब्याक पासमा कोल पाल्मरले गोल गर्दै इङ्ल्यान्डलाई खेलमा फर्काए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)