स्पेनले लियो अग्रता
आइतबार, ३० असार २०८१खेलपाटी संवाददाता

काठमाडौं । स्पेनले युरो कप फाइनलमा सुरुआती अग्रता लिएको छ।
जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा जारी खेलको पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो। तर, दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै निको विलियम्सले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन्।
अनमार्क रहेका उनले डी बक्स बाहिरबाट लामिन यमलले दिएको पासमा गोल गरेका हुन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)