खुमलटारको विजयी सुरुआत
आइतबार, ३० असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। खुमलटार फुटबल क्लबले एन्फा यु–१८ युथ लिगमा विजयी सुरुआत गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न दोस्रो खेलमा खुमलटारले सातदोबाटो युथ क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो।
खुमलटारलाई कप्तान एलिक श्रेष्ठ र जंगे रायमाझीले गोल गरे। १२ टोली सहभागी लिगमा खुमलटार तीन अंक जोड्दै शीर्ष स्थानमा छ।
एनआरटीले पनि समान अंक जोडेको छ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)