फ्रान्सेली रेफ्रीले खेलाउने भए युरो कप फाइनल
1720870526.jpg&w=3840&q=75)
काठमाडौं। स्पेन र इंग्ल्यान्डबीचको युरो कप फाइनल फ्रान्सेली रेफ्री फ्रान्कोइस लेटेक्सियरले खेलाउने भएका छन्।
उनी युरो कपका सबैभन्दा कान्छा रेफ्री हुन्। ३५ वर्षे उनीलाई युइएफएले फाइनलको जिम्मेवारी दिएको हो। खेल सोमबार बर्लिनको ओलम्पियास्टेडियनमा हुनेछ।
पछिल्लो तीन युरो फाइनलका रेफ्री ४८, ४१ र ४१ वर्षका थिए। युरो कप अन्तिम १६ मा जर्जियामाथि स्पेनको ४–१ को हात पार्दालगायत तीन खेलमा उनले रेफ्रीको भूमिका निर्वाह गरेका छन्।
उनले ती खेलमा एउटा पनि पेनाल्टी किक दिएनन् र कुनै पनि खेलाडीलाई रातो कार्ड दिएनन्। डेनमार्कसँग ०–० गोलको बराबरी खेल्दा पेनाल्टी एरियामा डाइभ हानेका सर्बियाका फरवार्ड अलेक्जेन्डर मित्रोभिचसहित उनले १० वटा पहेँलो कार्ड मात्र देखाए।
अल्बानिया र क्रोएसियाबीचको २–२ को बराबरीसहित लेटेक्सियरको कुनै पनि खेलमा भिडियो रिभ्यु विवाद भएको थिएन। फाइनलका लागि भिएआर विशेषज्ञ पनि फ्रान्सेली जेरोम ब्रिसार्ड हुनेछन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)