रोहितले गरे केदिरीसँग सम्झौता नवीकरण
शुक्रबार, २८ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका रक्षक रोहित चन्दले पेर्सिक केदिरीसँग सम्झौता नवीकरण गरेका छन्।
३२ वर्षीय रोहितले इन्डोनेसियन लिगा वान टोलीसँग एक वर्षका लागि सम्झौता नवीकरण गरेका हुन्।
रोहितले २०१७ देखि पाँच सिजन पर्सिजा जकार्ताबाट खेलेका थिए। सन् २०२२ मा पर्सिजाबाट पेर्सिक बसाइँ सरेका थिए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)