२७ खेलसम्म अपराजित कोलम्बियालाई उरुग्वेको चुनौती
बुधबार, २६ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। उरुग्वेले कोपा अमेरिकाको फाइनल प्रवेशका लागि कोलम्बियासँग खेल्दै छ।
आइतबार बिहान ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोलअन्तरले पराजित गर्दै उरुग्वे अन्तिम चारमा प्रवेश गरेको थियो। उरुग्वे र कोलम्बियाबीचको खेल बिहीबार बिहान नर्थ क्यारोलिनाको शार्लोटमा हुने छ।
कोलम्बियाले पानामालाई ५–० गोलअन्तरले पराजित गर्दै २७ खेलसम्मको अपराजित यात्रालाई निरन्तरता दिएको छ। सन् २०११ मा कोपा अमेरिकाको उपाधि जितेपछि उरुग्वेले पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको हो।
उरुग्वेले समूहचरणका तीन खेलमा जित हात पारेको थियो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)