पाराग्वेका मुख्य प्रशिक्षक बर्खास्त
मंगलबार, २५ असार २०८१खेलपाटी संवाददाता
1720494531.jpg&w=3840&q=75)
काठमाडौं। पाराग्वे कोपा अमेरिकाको समूह चरणबाटै बाहिरिएपछि मुख्य प्रशिक्षक डेनियल गार्नोलाई बर्खास्तमा परेका छन्।
पाराग्वेले समूहचरणका खेलमा कोलम्बियासँग २–१, ब्राजिलसँग ४–१ र कोस्टारिकासँग २–१ ले पराजित भएको थियो ।
अर्जेन्टिनाका ५४ वर्षीय गार्नारोले पराग्वेमा एक वर्षभन्दा कम समय बिताए। उनी १० खेल खेलाएर बर्खास्तमा परेका हुन्। सेप्टेम्बरमा गुइलेर्मो बारोस शेलोट्टोलाई प्रतिस्थापन गर्दै मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेयता उनको टोलीले पाँच मात्र गोल गरेको छ भने १३ गोल खाएको छ।
टोलीको अर्को चुनौती सेप्टेम्बरमा सन् २०२६ को विश्वकप छनोटमा हुनेछ । पाग्वेले उरुग्वे र घरेलु मैदानमा ब्राजिलसँग खेल्ने छ। पाराग्वे ६ क्वालिफायरपछि १० टिमको तालिकामा सातौं स्थानमा छ ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)