नेदरल्यान्ड्सविरुद्ध खेल्न फिट छन् शा

काठमाडौं। इङ्ल्यान्डका डिफेन्डर ल्यूक शले युरो कपको सेमिफाइनलमा नेदरल्यान्ड्सविरुद्ध खेल्न आफू फिट रहेको बताएका छन्।
म्यानचेस्टर युनाइटेडका लेफ्ट ब्याक शाले फेब्रुअरीपछि शनिबार स्विट्जरल्यान्डसँगको क्वार्टरफाइनल खेल खेलेका थिए। उनी बेन्चबाट मैदान प्रवेश गरेका थिए, जुन खेल इङ्ल्यान्डले पेनाल्टी सुटआउटमा जितेको थियो। युरो २०२० को उपविजेता इङ्ल्यान्डले फाइनल प्रवेशका लागि बुधबार डर्टमन्डमा नेदरल्यान्ड्सको सामना गर्दैछ।
मांसपेशीको चोटबाट निको हुन पटक–पटक प्रहार गरेका शले सोमबार आफू मैदानमा फर्कन आतुर रहेको बताएका थिए। 'म फिट छु भन्ने लाग्छ। तर, (इङ्ल्यान्डका म्यानेजर ग्यारेथ साउथगेटको) निर्णयमा भर पर्छ,' उनले भने।
शको चोटको समस्याले उनलाई युरो कप छनोटमा विवादित बनाएको थियो। इङ्ल्यान्डको एक मात्र अनुभवी लेफ्ट ब्याक उनी थिए। 'साउथगेटलाई धन्यवाद। मैले धेरै कुरा पाएको छु। उनले मलाई छनोट गर्दा धेरै विश्वास गरे,' शले भने।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)