टोलीलाई दोस्रो पटक उपाधि दिलाउन तयार छौं : रोड्रिगेज
सोमबार, २४ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। कोपा अमेरिकाको क्वार्टरफाइनलमा पनामालाई ५–० ले पराजित गरेपछि कोलम्बियाका जेम्स रोड्रिगेजले आफ्नो टोलीलाई दोस्रो पटक उपाधि दिलाउन प्रतिबद्ध रहेको बताएका छन्।
सन् २००१ को च्याम्पियन कोलम्बियाले सेमिफाइनलसम्मको यात्रा तय गरेको छ। उसले फाइनल प्रवेशका लागि उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ। ३२ वर्षीय रोड्रिगेजले जारी प्रतियोगितामा एक गोल र पाँच असिस्ट गरेका छन्।
'उरुग्वे निकै बलियो छ। तर, हामी राम्रो तयारीसाथ आएका छौं,' रोड्रिगेजले चार खेलमा तेस्रो प्लेयर अफ द म्याच जितेपछि भने। ब्राजिल विश्वकप २०१४ मा गोल्डेन बुट जितेर उनी चर्चामा आएका थिए। त्यसपछि उनलाई ला लिगा क्लब रियल मड्रिडले भित्र्याएको थियो। तर, उनले अधिकांश समय बेन्चमै बिताए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)