यु–२० टोलीको व्यवस्थापकमा रविन
आइतबार, २३ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। रविन खड्का राष्ट्रिय यु–२० टोलीको व्यवस्थापकमा नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईले आइतबार खड्कालाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्।
एन्फाले यसअघि नै उर्जन श्रेष्ठ मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। सहायक प्रशिक्षक र गोलकिपिङ प्रशिक्षकमा शशिचन्द्र धिमाल र राजु सिंह नियुक्त भएका छन्।
आगामी अगस्ट १६ देखि २८ सम्म काठमाडौंमा आयोजना हुने साफ च्याम्पियनसिपका लागि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खुला खेलाडी छनोट भइरहेको छ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)