२७ खेलसम्म अपराजित रहेको कोलम्बियालाई उरुग्वेको चुनौती
आइतबार, २३ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। उरुग्वेले कोपा अमेरिकाको फाइनल प्रवेशका लागि कोलम्बियासँग खेल्ने भएको छ।
आइतबार बिहान ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोलअन्तरले पराजित गर्दै उरुग्वे अन्तिम चारमा प्रवेश गरेको हो। उरुग्वे र कोलम्बियाबीचको खेल बुधबार राति नर्थ क्यारोलिनाको शार्लोटमा हुने छ।
कोलम्बियाले पानामालाई ५–० गोलअन्तरले पराजित गर्दै २७ खेलसम्मको अपराजित यात्रालाई निरन्तरता दिएको छ । सन् २०११ मा कोपा अमेरिकाको उपाधि जितेपछि उरुग्वेले पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको हो। उरुग्वेले समूहचरणका तीन खेलमा जित हात पारेको थियो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)