ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै उरुग्वे सेमिफाइनलमा
आइतबार, २३ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ।
आइतबार बिहान सम्पन्न खेलमा दुवै टोलीले केही प्रहार गरेपनि गोलमा परिणत भने गर्न सकेनन्।
निर्धारित ९० मिनेटमा कुनै गोल नभएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटमार्फत गरिएको हो। पेनाल्टी सुटआउटमा उरुग्वेले ब्राजिललाई ४-२ गोलअन्तरले पाखा लगायो।
पेनाल्टीमा फेडेरिको भल्भर्डो, म्यानुअल उगार्टो, रोड्रिगो बेनटान्कर र जर्जियन डी अर्रास्केटाले गोल गर्दा मारिया गिमेनेजको प्रहार ब्राजिलियन गोलरक्षक एलिसनले बचाए।
ब्राजिलका गेब्रियल मार्टिनेली र एन्ड्रेस परेराले मात्रै गोल गर्न सके। डगलस लुइज र एडर मिलिटाओले भने गोल गर्न असफल रहे।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)