नेदरल्यान्ड्स र टर्की भिड्दै
शनिबार, २२ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। युरो कपको क्वार्टरफाइनलमा शनिबार नेदरल्यान्ड्स र टर्की भिड्दै छन्।
मंगलबार राति सम्पन्न अन्तिम १६ को अन्तिम खेलमा अस्ट्रियालाई २-१ गोलअन्तरले पराजित गर्दै टर्कीले नेदरल्यान्ड्ससँगको भेट पक्का गरेको थियो।
नेदरल्यान्ड्सले मंगलबार राति नै सम्पन्न खेलमा रोमानियालाई ३-० गोलअन्तरले पराजित गर्दै अन्तिम आठको यात्रा पक्का गरेको थियो। यी दुईबीचको खेल राति १२:४५ बजे ओलम्पियास्ट्याडियन बर्लिनमा हुनेछ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)