अर्जेन्टिना इक्वेडरबीचको खेल पेनाल्टी सुटआउटमा
शुक्रबार, २१ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। साबिक विजेता अर्जेन्टिना इक्वेडरबीचको खेल पेनाल्टी सुटआउटमा पुगेको छ।
निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि सेमिफाइनलमा पुग्ने टोलीको छिनोफानो पेनाल्टी सुटआउटबाट गर्न लागिएको हो।
खेलको ३५औं मिनेटमै लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। उनले एलेक्सिस म्याक एलिस्टरको पासमा गोल गरे। ६२औं मिनेटमा इक्वेडरले खेललाई बराबरीमा ल्याउने मौका पाएको थियो। तर, इनर भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्न सकेनन्।
तर, दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा जोन येबोहको पासमा केभिन रोड्रिग्जले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्याएका थिए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)