लेभरकुजनको पहिलो प्रतिद्वन्द्वी मोइन्चेनग्लाडबाख
शुक्रबार, २१ असार २०८१खेलपाटी संवाददाता
1716053302.jpg&w=3840&q=75)
काठमाडौं। जर्मन च्याम्पियन बायर लेभरकुजनले उपाधि रक्षाका लागि स्थानीय प्रतिद्वन्द्वी बोरुसिया मोइन्चेनग्लाडबाखसँग खेल्दै बुन्डेसलिगाको सुरुआत गर्नेछ।
च्याम्पियन र मोइन्चेनग्लाडबाखबीचको यो खेल अगष्ट २३ मा हुनेछ। गत सिजन लेभरकुजनले एक खेल पनि नहारेर बुन्डेसलिगाको उपाधि जितेको थियो। लिगले बिहीबार सार्वजनिक गरेको तालिकामा बायर्न म्युनिखले वुल्फ्सबर्गबाट लिग सिजन सुरु गर्ने र च्याम्पियन्स लिगको उपविजेता बोरुसिया डर्टमन्डले इन्ट्राच्ट फ्रान्कफर्टसँग खेल्ने छन्।
ती खेलहरू अगस्ट २४ वा २५ का लागि तय गरिएको छ, जसमा निश्चित मिति र समय निश्चित गर्न बाँकी छ। जर्मन कपको पहिलो राउन्ड अगस्ट १६ मा सुरु हुनेछ र अर्को दिन लेभरकुजनन र स्टुटगार्टबीच सुपर कप हुनेछ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)