भिनिसियसले क्वार्टरफाइनलको खेल गुमाउने
बुधबार, १९ असार २०८१खेलपाटी संवाददाता
1719977049.jpg&w=3840&q=75)
काठमाडौं। ब्राजिलका फरवार्ड भिनिसियस जुनियरले कोपा अमेरिकाको क्वार्टरफाइनलको खेल गुमाउने भएका छन्।
कोलम्बियाका प्लेमेकर जेम्स रोड्रिगेजलाई फाउल गरेपछि रियल म्याड्रिडका स्टार जुनियरले प्रतियोगितामा दोस्रो पहेँलो कार्ड पाएका थिए। बुधबार बिहान सम्पन्न समूह डी को अन्तिम खेलमा कोलम्बियासँग १-१ गोलको बराबरी खेल्दै ब्राजिलले क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ।
ब्राजिल क्वार्टरफाइनलमा उरुग्वे प्रतिस्पर्धा गर्नेछ। ब्राजिलले समूह डीबाट तीन खेलबाट दुई बराबरी र एक जितसहित पाँच अंक जोड्यो। ब्राजिल यो समूहको उपविजेता हो।
उरुग्वे समूह सी को विजेता बन्दै अन्तिम आठमा पुगेको थियो। अपराजित रहेको उरुग्वेले तीन खेलबाट शतप्रतिशत जित हासिल गर्दै नौ अंक जोड्यो। यी दुईबीचको खेल आइतबार बिहान एलेजियन्ट स्टेडियममा हुनेछ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)