इङ्ल्यान्डको जितमा बेलिङ्घम र केन नायक

काठमाडौं। स्लोभाकियाविरुद्ध पुनरागमन जित हासिल गर्दै इङ्ल्यान्ड युरोकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
गेल्सेनकर्चेनमा आइतबार राति सम्पन्न अन्तिम १६ को खेलमा इङ्ल्यान्डले अतिरिक्त समयमा स्लोभाकियालाई २–१ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो।
जितसँगै इङ्ल्यान्डले सेमिफाइनल प्रवेश गर्न स्वीट्जरल्यान्ड सामना गर्नेछ। स्वीट्जरल्यान्डले साबिक विजेता इटालीलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो।
इङ्ल्यान्डको जितमा जुड बेलिङ्घम र कप्तान ह्यारी केनले गोल गरे। २५औं मिनेटमा स्लोभाकियाका इभान स्क्रान्जले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटसम्म खेलमा पछि परेको इङ्ल्यान्ड बेलिङ्घमको गोलबाट खेलमा फर्किएको थियो।
इन्ज्युरी समयको पाँचौं मिनेट बेलिङ्घमले उत्कृष्ट बाइसाइकल किकमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि खेल ३० मिनेटको अतिरिक्त समयमा ढकेलिएको थियो।
अतिरिक्त समयको पहिलो मिनेटमा नै कप्तान केनले गोल गर्दै २–१ को अग्रता दिलाए। त्यसपछि बाँकी समय थप गोल हुन सकेन।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)