क्यानडा कोपा अमेरिकाको क्वार्टरफाइनलमा
आइतबार, १६ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। चिलीलाई गोलरहित बराबरीमा रोक्दै क्यानडा कोपा अमेरिकाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
इन्टर एन्ड को स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा क्यानडा र चिलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।
योसँगै समूह ‘ए’मा तीन खेलबाट एक जित, एक बराबरी र एक हारसहित तीन अंक जोड्दै उपविजेता बन्यो। समान खेलबाट चार दुई अंक जोड्दै तेस्रो स्थानमा रहेको चिली प्रतियोगिताबाट बाहिरियो।
क्यानडाले प्रतियोगितामा पेरुलाई १–० गोलअन्तरले पराजित गरेको थियो। तर, अर्जेन्टिनासँगको खेलमा भने क्यानडा २–० गोलअन्तरले पराजित भयो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)