जर्मनी युरो कपको क्वार्टरफाइनलमा
आइतबार, १६ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। जर्मनी युरो कप २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
सिग्नल इडुना पार्कमा आइतबार राति सम्पन्न अन्तिम १६ को खेलमा डेनमार्कलाई २–० गोलअन्तरको जित हासिल गर्दै जर्मनी अन्तिम आठमा प्रवेश गरेको हो। जर्मनीले अब स्पेन र जर्जियाबीचको विजेतासँग खेल्ने छ।
जर्मनीले दुवै गोल दोस्रो हाफमा गरेको थियो। ५८औं मिनेटमा काई हावर्ट्ज र ६८औं मिनेटमा जमाल मुसियालाले गोल गरेका थिए। हावर्ट्जले पेनाल्टीमार्फत र मुसियालाले निको स्लोटरबेकको पासमा गोल गरेका हुन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)