रुडिगर चोटमुक्त, डेनमार्कविरुद्ध खेल्ने
शनिबार, १५ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। जर्मनीका डिफेन्डर एन्टोनियो रुडिगर ह्यामस्ट्रिङको समस्याबाट मुक्त भएका छन्। उनी युरोकपअन्तर्गत शनिबार डेनमार्कविरुद्ध हुने अन्तिम १६ को खेलमा उपलब्ध हुने भएका छन्।
जर्मनीका प्रशिक्षक जुलियन नागेल्सम्यानले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा रुडिगरको प्रशिक्षण राम्रो रहेको बताए।
‘अहिले उनी फिट छन्,’ उनले रियल मड्रिडका सेन्टर ब्याकबारे भने। रुडिगरको पुनरागमन जर्मनीका लागि महत्त्वपूर्ण हुनेछ। टोलीका अन्य पहिलो रोजाइका सेन्टर ब्याक जोनाथन ताह निलम्बनमा परेका छन्।
गत आइतबार जर्मनीले स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेल्दा रुडिगरलाई मांसपेशीमा चोट लागेको थियो। मैदानबाट बाहिरिने क्रममा उनी आफ्नो खुट्टा समात्दै बाहिरिएका थिए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)