नेपालले लेबनानमा हुने फोर नेसन्स कप नखेल्ने
शुक्रबार, १४ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपालले अर्को महिना हुने भनिएको फोर नेसन्स कप नखेल्ने भएको छ।
आयोजक लेबनान फुटबल संघले प्रतियोगिताको तालिका सार्वजनिक गरिसकेको थियो। तर, लेबनान अहिले असुरक्षित रहेको भन्दै नेपालले सहभागिता नजनाउने भएको हो।
'अहिले युद्धलगायत अन्य कुरा लेबनानमा भइरहेकोले अन्य देश पनि नजाने भएपछि हामी पनि नजाने भएका हौं। यद्यपि, हामीले आधिकारिक रुपमा पत्र लेखेका छैनौं,' अखिल नेपाल फुटबल संघ एन्फा उच्च स्रोतले भन्यो।
नेपालले प्रतियोगिताको पहिलो खेल जोर्डनमा त्रिपोली अन्तर्राष्ट्रिय फुटबल मैदानमा असार २६ गते खेल्ने तालिका थियो। दोस्रो खेल बंगलादेशसँग असार २९ गते खेल्ने र समूह चरणको अन्तिम खेल साउन १ गते घरेलु टोली लेबनानसँग खेल्ने तय थियो। यसका लागि नेपाली टोलीको घोषणा पनि भइसकेको थियो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)