बेल्जियम युरोकपको अन्तिम १६ मा
बुधबार, १२ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। बेल्जियम युरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ।
स्टटगार्ट एरेना बुधबार राति सम्पन्न खेलमा युक्रेनसँग गोलरहित बराबरीमा खेल्दै बेल्जियम नकआउट चरणमा प्रवेश गरेको हो।
बेल्जियम पहिलो खेलमा स्लोभाकियासँग १-० गोलअन्तरले पराजित भएको थियो। दोस्रो खेलमा रोमानियलाई २-० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पुनरागमन गरेको थियो।
बेल्जियम समूह ई को उपविजेता रह्यो। यो समूहमा रोमानियाले तीन खेलबाट चार अंक जोड्दै विजेता बन्यो। स्लोभाकिया र युक्रेनको पनि समान चार अंक भएपनि रोमानिया र बेल्जियम गोलअन्तरमा शीर्ष दुईमा रहे।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)