ट्वान्टी–२० वरीयतामा नेपालको एक स्थान सुधार
बुधबार, १२ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। आइसिसी ट्वान्टी–२० वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७औं स्थानमा उक्लिएको हो।
नेपाल यसअघि १८औं स्थानमा थियो। अमेरिका एक स्थान तल झर्दा शीर्षदेखि २० सम्मका अन्य टोली यथावत छन्।
यसअघि १७औं स्थानमा रहेको अमेरिका नयाँ वरीयतामा १८औं स्थानमा पुगेको छ।









