क्यानडाको पहिलो जित
बुधबार, १२ असार २०८१खेलपाटी संवाददाता
1719365191.jpg&w=3840&q=75)
काठमाडौं। क्यानडाले कोपा अमेरिकामा पहिलो जित हासिल गरेको छ।
बुधबार बिहान सम्पन्न खेलमा क्यानडाले १० खेलाडीमा समेटियो पेरुलाई १-० गोलअन्तरले पराजित गरेको हो।
जितसँगै समूह एमा क्यानडाले तीन अंक जोडेको छ। क्यानडा पहिलो खेलमा अर्जेन्टिनासँग २-० गोलअन्तरले पराजित भएको थियो।
पेरुभने लगभग प्रतियोगिताबाट बाहिरिएको छ। पेरु पहिलो खेलमा चिलीसँग गोलरहित बराबरीमा रोकिएको थियो।
क्यानडाका लागि जोनाथन डेभिडले खेलको ७४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
उनले याकूब शफेलबर्गको पासमा गोल गरेका थिए। त्यसअघि खेलको ५९औं मिनेटमा पेरु १० खेलाडीमा समेटिएको थियो।
पेरुका मिगुएल अराउजो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)