मैदान उत्रिन तयार छन् एमबाप्पे
1719314162.jpg&w=3840&q=75)
काठमाडौं। फ्रान्सका सुपरस्टार किलियन एमबाप्पे युरो कपमा पुनरागमननजिक छन्।
फ्रान्सले अस्ट्रियामाथि १–० को जित निकाल्दा रियल मड्रिडका स्ट्राइकरको नाक भाँचिएको थियो। उनी उपलब्ध नभएको खेलमा नेदरल्यान्ड्ससँग फ्रान्स ०–० को बराबरीमा रोकिएको थियो।
फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्सले समूह ‘डी’ अन्तर्गत मंगलबार पोल्यान्डविरुद्धको खेलका लागि एमबाप्पे उपलब्ध रहेको बताएका छन्। उनी मास्क लगाएर मैदान उत्रिने छन् ।
सोमबार स्पेनसँग अल्बानिया पराजित भएपछि फ्रान्सले अन्तिम १६ मा स्थान पक्का गरिसकेको छ। तर, पराजित भए समूहमा पहिलोदेखि तेस्रोस्थानसम्म पुग्न सक्छ ।
‘उनी हरेक दिन राम्रो हुँदै गइरहेका छन्। हिजो उनी हाम्रो प्रशिक्षण सत्रमा थिए। चोट सुधार भएको छ र उनी मास्कमा खेल्न अभ्यस्त भएका छन्,’ डेसच्याम्प्सले भने, ‘उनी खेल्न आतुर छन्। उनी नेदरल्यान्ड्सविरुद्ध खेल्न चाहन्थे।’
एमबाप्पेले शनिबार जर्मन क्लब पाडेरबोर्नको स्थानीय टोलीविरुद्ध बन्द रंगशालामा खेल्दा मास्क लगाएका थिए। उनले प्रशिक्षणमा पनि हरेक दिन मास्क लगाएका छन्। मास्कले एमबाप्पेको हेर्न सक्ने क्षमतालाई सीमित गरेको, तर यसले अवरोध नगर्ने डेसच्याम्प्सले बताए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)