स्पेन समूह विजेता
मंगलबार, ११ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। फेरान टोरेसको निर्णायक गोलसँगै अन्तिम १६ मा पुगिसकेको स्पेन युरोकपमा समूह बीको विजेता बनेको छ।
मेर्कुर एरेनामा सोमबार राति सम्पन्न खेलमा स्पेनले अल्बानियालाई १-० गोलअन्तरले पराजित गरेको हो।
स्पेनका लागि टोरेसले खेलको १३औं मिनेटमै गरेको गोल निर्णायक बन्यो। उनले दानी ओल्मोको पासमा गोल गरेका थिए।
तीन खेलबाट ९ अंक जोडेको स्पेनले पहिलो खेलमा क्रोएसियालाई ३-० गोलअन्तरले पराजित गरेको थियो। दोस्रो खेलमा साबिक विजेता इटालीलाई १-० ले पाखा लगाउँदै स्पेनले नकआउट चरणको यात्रा पक्का गरिसकेको थियो।
अल्बानिया भने युरोकपबाट बाहिरिएको छ। इटालिसँग पहिलो खेलमा २-१ गोलअन्तरले पराजित भएको अल्बानियाले दोस्रो खेलमा क्रोएसियालाई २-२ गोलको बराबरीमा रोकेको थियो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)