हंगेरीका फरवार्ड भार्गा घाइते
1719236115.jpg&w=3840&q=75)
काठमाडौं। हंगेरीका फरवार्ड बर्नबास भार्गा युरोकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा गम्भीर घाइते भएपछि अस्पताल भर्ना भएका छन्।
भार्गाको अनुहारको हड्डी भाँचिएको बताइएको छ। त्यसैले शल्यक्रिया गरिने छ। हंगेरी तेस्रो स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेमा २९ वर्षीय भार्गाले युरो २०२४ का बाँकी खेलमा गुमाउने छन्।
भार्गाले दोस्रो हाफको मध्यतिर विपक्षी गोलकिपर एङ्गस गुनसँग ठोक्किन पुगेका थिए। त्यसैले समूह ‘ए’ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेल करिब १० मिनेटका रोकिएको थियो।
भर्गाका सहकर्मीहरूले उनलाई लुगाले ढाकेका थिए। करिब १० मिनेटको उपचारबाट उनी निको नभएपछि स्ट्रेचरमा राखेर मैदान बाहिर निकालिएको थियो। उक्त बेला दुवै टोलीका समर्थकले ताली बजाएका थिए।
‘खेलको क्रममा बार्नबास भार्गाको अनुहारका हड्डीहरू भाँचिएका थिए र उनलाई चोट लागेको थियो,’ हंगेरी फुटबल फेडेरेसनले खेलपछि एक्समा लेखेको छ, ‘उनको शल्यक्रिया हुने छ। उनी स्टुटगार्टको अस्पतालमा छन्।’






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)