जर्मनी र स्विट्जरल्यान्ड अन्तिम १६ मा
सोमबार, १० असार २०८१खेलपाटी संवाददाता
1719194373.jpg&w=3840&q=75)
काठमाडौं। जर्मनी र स्विट्जरल्यान्ड युरोकपको अन्तिम १६ मा पुगेका छन्।
ड्यूश बैंक पार्कमा आइतबार राति सम्पन्न खेलमा १-१ गोलको बराबरी खेल्दै दुवै टोली अन्तिम १६ मा पुगेका हुन्।
समूह ए मा रहेको जर्मनीले तीन खेलबाट सात अंक जोड्यो। स्विट्जरल्यान्डले समान खेलबाट पाँच अंक जोड्यो।
खेलको १७औं मिनेटमा जर्मनीका रोबर्ट एन्ड्रिचले गोल गरेका थिए। तर, भिएआरले मान्यता दिएन।
२८औं मिनेटमा डान एन्डोएको गोलमार्फत स्विट्जरल्यान्डले सुरुआती अग्रता लिएको थियो। उनले रेमो फ्रुलरको पासलाई सदुपयोग गरे।
तर, दोस्रो हाफको इन्ज्युरी समयमा निकलस फुलक्रगले गोल गर्दै जर्मनीलाई हारबाट जोगाए। उनले डेभिड राउमको पासमा गोल गरेका थिए।
यही समूहको अर्को खेलमा स्कटल्यान्डमाथि हंगेरीले १-० गोलअन्तरको जित हासिल गर्यो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)