इङ्ल्यान्ड सेमिफाइनलमा
सोमबार, १० असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। इङ्ल्यान्डका आइसिसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ।
आइतबार अमेरिकालाई इङ्ल्यान्डले १० विकेटले पराजित गरेको हो। सुपर एटको समूह २ मा इङ्ल्यान्ड शीर्षस्थानमा रहेर सेमिफाइनलमा पुगेको हो। इङ्ल्यान्डले तीन खेलबाट चार अंक जोडेको छ। अमेरिका भने बाहिरिसकेको छ।
अमेरिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ९.४ ओभरमा कुनै विकेट नगुमाई ११७ रन बनायो।
इङ्ल्यान्डका जोस बटलरले सर्वाधिक ८३ रन बनाए। ३८ बल खेलेका उनले चार चौका र सात छक्का प्रहार गरे। फिल साल्टले २५ रन बनाए।









