पहिलो जितमा भेनेजुएलाको संघर्ष
आइतबार, ०९ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। १० खेलाडीमा समेटिएको इक्वेडरमाथि भेनेजुएलाले कोपा अमेरिकामा कठिन जित हासल गरेको छ।
लेभिस स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा भेनेजुयला २–१ गोलअन्तरले विजयी भएको हो।
जितसँगै समूह ‘बी’ मा रहेको भेनेजुएलाले पहिलो खेलमै तीन अंक जोडेको छ। इक्वेडरले भने हारबाट प्रतियोगिता सुरु गरेको छ।
खेलको २२औं मिनेटमै इक्वेडरका इनर भ्यालेन्सियाले रातो कार्ड पाएका थिए। यद्यपि, खेलको ४० औं मिनेटमा जेरेमी सार्मिएन्टोले गोल गर्दै इक्वेडरलाई सुरुआती अग्रता दिलाए।
तर, दोस्रो हाफमा भेनेजुएला खेलमा फर्कियो। ६४औं मिनेटमा जोन्डर काडिज र त्यसको १० मिनेटपछि एडवार्ड बेलोले गोल गर्दै भेनेजुएलालाई २–१ को जित दिलाए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)