पेरु र चिलीले बराबरीमा चित्त बुझाए
शनिबार, ०८ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। कोपा अमेरिकामा पेरु र चिलीले अंक बाँडेका छन्।
शनिबार बिहान सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । बराबरीसँगै समूह ‘ए’ मा एक अंकसहित पेरु दोस्रो र समान अंक बटुलेको चिली तेस्रो स्थानमा छ। तीन अंकसहित अर्जेन्टिना शीर्ष स्थानमा छ।
एक खेल खेलेको क्यानडाले भने अंकविहीन छ। समूहको पहिलो खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले हराएको थियो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)