ग्रीन भ्यालीलाई उपाधि
शुक्रबार, ०७ असार २०८१मनोज थापा (हिमालयन मनोज)
लमजुङ। ग्रीन भ्यालीले प्रथम भेट्रान्स लमजुङ कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। लमजुङ फुटसलको आयोजनामा बेसीसहरमा बिहीबार सम्पन्न फाइनलमा धुरपुरे भेट्रान्स क्लबलाई ३-० गोलअन्तरले पराजित गर्दै ग्रीन भ्यालीले उपाधि जितेको हो।
ग्रीन भ्यालीको जितमा लक्ष्मणबहादुर महतले दुई र राम थापाले एक गोल गरे। उपाधिसँगै ग्रीन भ्यालीले ५० हजार रुपैयाँ प्राप्त गर्यो। उपविजेता धुरपुरेले २५ हजारमा चित्त बुझयो।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता धुरपुरेका केशर बराम र नरेश केसी भए। उनीहरूले समान सात गोल गरेका थिए। प्रतियोगिताको उत्कृष्ट खेलाडी धुरपुरेका विश्वलाल श्रेष्ठ घोषित भए। उनीहरूले जनही २५ सय रुपैयाँ पाए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)