अर्जेन्टिनाको जितमा अल्भारेज र मार्टिनेजको गोल
शुक्रबार, ०७ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। जुलियन अल्भारेज र लाउटारो मार्टिनेजको गोलसँगै अर्जेन्टिनाले कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ।
मर्सिडीज बेन्ज स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोलअन्तरले पराजित गरेको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो। तर, ४९औं मिनेटमा म्याक एलिस्टरको पासमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए। ८८औं मिनेटमा लिओनल मेसीको पासमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २-० को जित दिलाए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)