डिफेन्डिङ च्याम्पियन इटालीलाई पराजित गर्दै स्पेन अन्तिम १६ मा
शुक्रबार, ०७ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। रिकार्डो कालाफिओरीको आत्मघाती गोलसँगै स्पेन डिफेन्डिङ च्याम्पियन इटालीलाई पराजित गर्दै युरो २०२४ को अन्तिम १६ मा पुगेको छ।
बिहीबार राति सम्पन्न खेलमा स्पेन १–० गोलअन्तरले विजयी भएको हो। खेलको ५५औं मिनेटम कालाफिओरीले आत्मघाती गोल गर्न पुगेका थिए।
स्पेनले दुई खेलबाट ६ अंक जोड्यो। इटालीलाई भने अन्तिम १६ मा पुग्न क्रोएसियाविरुद्ध खेल कुर्नुपर्ने भएको छ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)