स्लोभानियाको अर्को बराबरी
बिहिबार, ०६ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। युरोकपअन्तर्गत समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा पनि स्लोभानिया बराबरीमा रोकिएको छ।
बिहीबार राति सम्पन्न खेलमा सर्बियासँग स्लोभानिया १–१ गोलको बराबरीमा रोकिएको हो।
बराबरीसँग स्लोभानियाले दुई अंक जोडेको छ। यसअघि डेनमार्कविरुद्धको खेलमा स्लोभाकियाले १–१ बराबरीको नजिता आत्मसात् गरेको थियो। यता, सर्बिया भने इङ्ल्यान्डसँगको खेलमा १–० ले पराजित भयो।
खेलको ६७औँ मिनेटमा स्लोभानियाको लागि झान कर्निकनिकले गोल गर्दै स्लोभानियालाई सुरुआती अग्रता दिलाए। तर,
खेलमा १–० को जितनजिक पुगेको स्लोभानिया अतिरिक्त समयमा सम्हालिन सकेन्। अतिरिक्त समयको पाँचौँ मिनेटमा लुका जोभिसले गोल गरेपछि सर्बियाले पहिलो अंक हासिल गर्यो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)