आर्मी उपाधिनजिक
बिहिबार, ०६ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लब सीता दाहाल महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधिनजिक पुगेको छ।
लैनचौर कभर्डहलमा बिहीबार पहिलो सेमिफाइनल सुदूरपश्चिम प्रदेशलाई ४४–२५ ले पराजित गर्दै आर्मी फाइनमा पुगेको हो। उपाधिका लागि आर्मीले शुक्रबार एपिएफसँग खेल्ने छ।










