लमजुङ दरबार एफसी क्वार्टरफाइनलमा
बिहिबार, ०६ असार २०८१खेलपाटी संवाददाता
लमजुङ। लमजुङ दरबार एफसी प्रथम भेट्रान्स लमजुङ कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ।
लमजुङ फुटसलको आयोजनामा बेसीसहरमा बिहीबार सम्पन्न खेलमा नेपाल युनाइटेडलाई ५-१ गोल अन्तरले पराजित गर्दै लमजुङ दरबार क्वार्टरफाइनलमा पुगेको हो।
लमजुङ दरबारको जितमा सुरेस श्रेष्ठले दुई, विनोद गुरुङ, इन्द्र राना र आइतराम गुरुङले समान एक गोल गरे।
नेपाल युनाइटेडका सुवास गुरुङले गरेको गोल सान्त्वना रह्यो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)