युरोकपमा तीन खेल हुँदै
बिहिबार, ०६ असार २०८१खेलपाटी संवाददाता
1718869587.jpeg&w=3840&q=75)
काठमाडौं। जर्मनीमा जारी युरोकप २०२४ अन्तर्गत समूह चरणको दोस्रो खेलमा बिहीबार तीन खेल हुँदैछन्।
बिहीबार हुने दिनको पहिलो खेलमा समूह ‘सी’ मा रहेको स्लोभानियाले सर्वियाको सामना गर्नेछ। नेपाली समयअनुसार यी दुई टोलीबीचको खेल साँझ ६:४५ बजेबाट जर्मनीको एलियान्ज एरिनामा हुने छ।
यस्तै, सोही समूहको दोस्रो खेलमा डेनमार्कले इङ्ग्ल्यान्डको सामना गर्नेछ। यो खेल नेपाली समयअनुसार राति ९:४५ बजेबाट ड्यूश बैंक पार्कमा सुरु हुनेछ।
दिनको अन्तिम खेलमा समूह ‘बी’ मा रहेको स्पेनले साविक विजेता इटालीको सामना गर्नेछ। यो खेल राति १२:४५ बजेबाट सुरु हुनेछ। यस समूहमा सुरुआतका पहिला खेल जितेका दुबै टोली दोस्रो जितको खोजिमा हुनेछ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)