प्रारम्भिक चरणमा चर्च ब्वाइज र भुटानको पारो एफसी भिड्ने
बिहिबार, ०६ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन्स चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा भुटानको पारो एफसीको सामना गर्ने भएको छ। यी दुई टोलीबीचको खेल अगस्ट १३ मा हुनेछ। सिंगल लेग नकआउट फर्म्याटमा हुने खेलको विजेता प्रतियोगिताको समूह चरणका लागि छनोट हुनेछ।
समूह चरणका खेलहरू अक्टोबर २६ र नोभेम्बर २ मा ‘होम एन्ड अवे’ का आधारमा हुनेछन्। प्रतियोगितामा छनोट भए चर्च ब्वाइजले न्युनतम एक लाख अमेरिकी डलर प्राप्त गर्नेछ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)