युरोकपको समूह चरणबाटै बाहिरिने खतरामा हंगेरी
बिहिबार, ०६ असार २०८१खेलपाटी संवाददाता
1718847114.jpg&w=3840&q=75)
काठमाडौं। हंगेरी युरोकपको समूह चरणबाटै बाहिरिने खतरा बढेको छ।
बुधबार राति सम्पन्न खेलमा जर्मनीसँग २-० गोलअन्तरले पराजित गर्दै भएसँगै हंगेरी प्रतियोगिताबाट बाहिरिने खतरामा बढेको हो। स्वीट्जरल्यान्डसँगको समूह चरणको पहिलो खेलमै हंगेरी ३-१ गोलअन्तरले पराजित भएको थियो।
हंगेरीले अब स्कटल्यान्डसँग खेल्ने छ। यो खेलमा जित हासिल गरे र अर्को खेलमा जर्मनीसँग स्वीट्जरल्यान्ड पराजित भए स्कटल्यान्ड अन्तिम १६ मा प्रवेश गर्नेछ। नत्र हंगेरीसँगै प्रतियोगिताबाट बाहिरिने छ। स्वीट्जरल्यान्डलाई भने जर्मनीसँगको बराबरी ने प्रयाप्त हुनेछ।
समूह ए मा दुई खेलबाट ६ अंक जोड्दै जर्मनी अन्तिम १६ मा प्रवेश गरिसकेको छ। स्वीट्जरल्यान्डको एक जित र एक हारसहित चार अंक रहेको छ। स्कटल्यान्डको एक अंक रहँदा हंगेरी अंकविहीन छ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)