महिला कबड्डीमा आर्मीको लगातार दोस्रो जित
बुधबार, ०५ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लबले सीता दाहाल महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ।
लैनचौर कभर्डहलमा बुधबार सम्पन्न खेलमा आर्मीले मधेश प्रदेशलाई ७७-१० को फराकिलो अंकले पराजित गरेको हो।
आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३१-२९ अंकले पराजित गरेको थियो।
अर्को खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले सुदुरपश्चिम प्रदेशलाई ४७-३० ले पराजित गरे।










