पेपे युरोकप खेल्ने सबैभन्दा पाको उमेरका खेलाडी
बुधबार, ०५ असार २०८१खेलपाटी संवाददाता
1718760684.jpg&w=3840&q=75)
काठमाडौं। पोर्चुगलका डिफेन्डर पेपे युरोकप खेल्ने सबैभन्दा पाको उमेरका खेलाडी बनेका छन्।
पोर्चुगलले मंगलबार राति चेक रिपब्लिकलाई २–१ गोलअन्तरले पराजित गर्दा उनी ४१ वर्ष ११३ दिनमा मैदान उत्रिएका थिए।
उनले हंगेरीका गोलरक्षक गाबोर किराली कीर्तिमान तोडेका छन्। युरो २०१६ को अन्तिम १६ मा बेल्जियमविरुद्ध खेल्दा किराली ४० वर्ष ८६ दिनका थिए।
स्पेनका लामिन यामाल प्रतियोगिता खेल्ने सबैभन्दा कान्छो खेलाडी बनेका थिए। ब्राजिलमा जन्मेका पेपे २४ वर्षको उमेरमा नोभेम्बर २००७ मा पोर्चुगिच टोलीमा डेब्यु गरेका थिए। उनले पोर्चुगलका लागि १३८ खेल खेल्दै ८ गोल गरेका छन् भने २५ वटा पहेँलो कार्ड पाएका छन्। सन् २०१४ को विश्वकपमा जर्मनीविरुद्ध पोर्चुगलको पहिलो खेलमा उनले रातो कार्ड पाएका थिए।
पेपेले पाँच युरोकपका २० खेल खेलेका छन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)