किरणलाई खेलकुदमन्त्रीले दिए बधाई
मंगलबार, ०४ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय टोलीका लागि १०० औं खेल खेलेका कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बु (चेम्जोङ) लाई बधाई दिएका छन्। उनी नेपालका लागि १०० औं खेल खेल्ने पहिलो खेलाडी हुन्।
उक्त भेटमा कप्तान किरणले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल खेल्ने वातावरण बनाइदिन श्रेष्ठलाई आग्रह गरे। मन्त्री श्रेष्ठले किरणको यो सफलताको प्रशंसा गर्दै रंगशलालाई व्यस्थित बनाउनका लागि कार्यविधि तयार भएको र यस विषयमा मन्त्रालय गम्भीर रहेकोसमेत बताए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)