फिफा वरियतामा नेपालको दुई स्थान सुधार
शुक्रबार, ३२ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली महिला टोलीले फिफा वरियतामा दुई स्थान सुधार गरेको छ।
फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको वरियतामा नेपाल ९८औं स्थानमा उक्लिएको हो। यसअघि नेपाल १००औं स्थानमा थियो।
दक्षिण एसियामा भारत शीर्ष स्थानमा छ। नेपाल दोस्रो स्थानमा रहँदा बंगलादेश तेस्रोमा रहेको छ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)